![]()
झापा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अब प्रदेश १ मा खेलकुद महाविद्यालय स्थापना गर्ने बताएका छन्। झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिवारदेखि सुरु हुन लागेको तेस्रो झापा गोल्डकपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशको विकास र समृद्धिमा युवालाई सहभागी गराई खेलकुद क्षेत्रबाटै अगाडि बढाइने बताए।
‘प्रदेशमा एउटा खेलकुद महाविद्यालय र अन्तर्रा्ष्ट्रियस्तरको रंगशाला स्थापनाका लागि आवश्यक कदम चाल्न सुरु भइसकेकोछ।’ मुख्यमन्त्री राई भने, ‘महाविद्यालय स्थापना भएपछि खेलकुद क्षेत्रबाट प्रदेश १ लाई देशकै नमुना प्रदेशको रुपमा चिनाउने छ।’ ‘त्यसपछि गाउँरनगरमा रहेका उत्कृष्ट युवा प्रतिभाको खोजी गर्दै जिल्लारजिल्लामा समेत आधुनिक स्तरका रंगशाला निर्माण गर्छौ’ उनले भने, ‘राजनीतिकरण हावी भएकाले देशमा खेलकुद क्षेत्र अगाडि बढ्न नसकेको सत्य हो।’
तीन तहकै स्थिर नागरिक सरकार बनिसकेकाले अव मुलुकलाई खेलकुदबाटै विश्वमा चिनाउने काम प्रदेश सरकारबाट सुरु भएको मुख्य मन्त्रीले बताए। खेलकुद क्षेत्र प्रदेश १ सरकारको मुख्य प्राथमिकतामा रहेको पनि उनले बताए ।


