Breaking News.... EverestOnlineKhabar
September 30, 2026

गृहमन्त्रीद्वारा निरन्तर मन्त्रिपरिषद बैठक वहिष्कार, प्रधानमन्त्रीय पद्धतिकै धज्जी

Loading

वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद वहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै धज्जी उडेको छ ।
मुलुकको सुरक्षा नेतृत्व सम्हालेका गृहमन्त्रीले नै वरीयता निहुँमा मन्त्रिपरिषद बैठक वहिष्कार गरेपछि निर्वाचन सुरक्षामा समेत असहज देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधान एवं संघीय मामला तथा स्थानीय विकास मन्त्री बनाएर सरकारमा भित्र्याएपछि वरीयता विवाद उत्पन्न भएको हो ।

यो विवादका कारण मुलुक नै बन्धक भएको छ । वरीयता विवादले गर्दा चैत ३ देखि २८ सम्म मन्त्रिपरिषद बैठक अवरुद्ध भयो भने त्यसयताका बैठक पनि निधिले निरन्तर रुपमा वहिष्कार गर्दै आएका छन् ।

राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल दुई मन्त्रीबीच वरीयता विवादले प्रधानमन्त्रीय पद्धतिकै धज्जी उडेको बताउँछन् । वरीयता विवादले भाँडभैलो हुनुको कारण प्रधानमन्त्री पुष्पकमल दाहालको निरीहता भएको उनले बताए ।
–नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed