Breaking News.... EverestOnlineKhabar
June 4, 2026

तालिवानी विद्रोहीलाई वार्तामा आउन अफगान राष्ट्रपतिको आग्रह

Loading

बीबीसी । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवानी विद्रोहीलाई शान्ति वार्तामा आउन प्रस्ताव गरेका छन् । राष्ट्रपति घानीले १६ वर्षदेखि युद्धमा रहेको तालिवानलाई विनासर्त वार्तामा आउन आह्वान गरेका हुन् । काबुलमा भएको शान्ति सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्धविराम र बन्दी आदानप्रदान गर्ने प्रस्ताव गरेका हुन् ।

त्यसका लागि तालिवानले अफगानिस्तान सरकारलाई मान्यता दिनुपर्ने र कानुनको पालना गर्नुपर्ने बताए । यसअघि शान्ति वार्ताको प्रस्ताव गरिएको भए पनि तालिवानले आक्रमण नरोक्दा सफल हुन सकेको थिएन ।

तालिवानले भने अफगानिस्तानको नेतृत्वले गर्ने व्यवहारमा शान्ति वार्ता भर पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed