Breaking News.... EverestOnlineKhabar
June 4, 2026

चौथो लुम्बिनी शान्ति म्याराथनको उपाधि सेनाका होमलाल श्रेष्ठलाई

Loading

लुम्बिनी । चौथो लुम्बिनी शान्ति म्याराथन २०१८’ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन् । श्रेष्ठले निर्धा्रित् दूरी २ घन्टा ५४ मिनेट ५३ सेकेन्डमा पूरा गरे । उनले एक लाख रुपैयाँको ‘लुम्बिनी अशोक’ पुरस्कार पाए ।

कपिलवस्तुको कुदानबाट सुरु भइ ४२.१९८ किलोमिटरको दौड लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा सम्पन्न भएको हो । म्याराथनमा नेपाली सेनाकै हरिप्रसाद रिमाल दोस्रो र खगेन्द्र भट्ट तेस्रो भए । दोस्रो भएका रिमालले ७५ हजार रुपैयाँको ‘कपिलवस्तु हुएन सान’ पुरस्कार र तेस्रो भएका भट्टले ५० हजारको ‘मायादेवी गार्डेन उथान्त’ पुरस्कार प्राप्त गरे ।

यस्तै, भारतीय सेनाका तीर्थ पुनले हाफ म्याराथनतर्फको उपाधि जिते । नेपाली सेनाका रामजी बस्नेत र टिकाराज कटवाल क्रमश दोस्रो र तेस्रो भए । २१ किलोमिटरको यस दौडमा प्रथम भएका पुन, दोस्रो भएका बस्नेत र तेस्रो भएका कटवालले क्रमश ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

म्याराथनमा नेपालसहित भारत, चीन, हङकङ, न्यूजिल्यान्ड, अमेरिका, जर्मनी, दक्षिण कोरिया, स्वीडेनलगायतका देशका ९४ जना धावकहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed