Breaking News.... EverestOnlineKhabar
June 4, 2026

टोटनह्याम एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

Loading

एजेन्सी । टोटनह्याम हट्सपर एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। वेम्बले रंगशालामा भएको रि प्ले खेलमा टोटनह्यामले रोचडेललाई ६–१ गोल अन्तरले पराजित र्गयो।

टोटनह्यामलाई विजयी गराउन फर्नान्डो लोरेन्तेले दोस्रो हाफको १२ मिनेटभित्र ह्याट्रिक पुरा गरे। यसैगरी कोरियाली खेलाडी हिउङ मिन सनले दुई गोल गर्दा कायल वाल्कर पिटर्सले एक गोल थपे।

जितसँगै टोटनह्यामले प्रिमियर क्लब स्वान्सी सिटीविरुद्धको क्वाटरफाइनलमा भिड्ने पक्का भएको छ। क्वाटरफाइनल खेलहरु मार्च १७ बाट सुरु हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed