Breaking News.... EverestOnlineKhabar
June 4, 2026

बामगठवन्धन र फोरमबीच मन्त्रालयको भागवण्डामा कुरा मिलेन

Loading

काठमाडौं । मन्त्रालयको भागवण्डामा कुरो नमिल्दा वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच सहमति हुन सकेको छैन । संविधान संशोधनमा सहमति नजिक भएपनि मन्त्रालयको भागवण्डामा उनीहरुबीच कुरा मिल्न सकेको छैन ।

सहमतिका लागि बिहीबार बिहान बसेको बैठक पनि मन्त्रालयको भागबण्डामै अल्झिएपछि निष्कर्षविहीन भयो ।

प्रतिनिधिसभामा १६ सिट भएको फोरमले चार मन्त्रालय माग्दै आएको छ । एमाले तथा सत्ताधारी दल माओवादीले फोरमको माग पूरा गर्न नसकिने जनाएपछि अर्को दिन पुनः बस्ने गरी बैठक सकिएको थियो ।

वाम गठबन्धन फोरमलाई सरकारमा सहभागी गराएरै जाने कसरतमा छ। संविधान संशोधनका विषयमा मूख्य रुपमा सहमति तयार गरी जानसक्ने विषयमा नेताहरू सहमत भएका छन्। यसअघि संविधान संशोधन हुन नसक्ने अडान राख्दै आएको एमालेले आवश्कयता र ओचित्यका आधारमा संविधान संशोधन गर्न तयार रहेको भन्दै लचकता देखाएपछि यो विषयमा सहमति जुटेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed