Breaking News.... EverestOnlineKhabar
June 4, 2026

केन्द्र सरकारलाई प्रदेश २ का मुख्यमन्त्री राउतको लगातार धम्की, केन्द्रबिरुद्ध अनसन बस्ने चेतावनी

Loading

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबावु राउतले केन्द्रीय सरकारको असहयोगका विरुद्धमा अनशन बस्ने चेतावनी दिएका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीलाई असन्तुष्टि पत्र पठाएका राउतले प्रदेश सरकारको काममा केन्द्रीय सरकारले अवरोध गरिरहेको भन्दै पुनः असन्तुष्टि पोखेका हुन । उनले प्रधानमन्त्री र केन्द्र सरकारबिरुद्ध आफू आन्दोलन गर्न बाध्य हुने बताए ।

गरिबी निवारण कोषले मंगलबार जनकपुरमा गरेको व्यावसायिकता विकास तथा समृद्धिका लागि स्थानीय सरकारसँग प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘केन्द्र सरकारको सोच र शैलीमा परिवर्तन आउनु जरुरी छ । पुरानै व्यवहार गरिरहे हामी आन्दोलनमा जान्छौं ।’

मुलुक संघीयतामा गए पनि केन्द्र सरकारको सोच र शैली पुरानै रहेको मुख्यमन्त्री राउतले गुनासो गरे । उनले प्रहरी–प्रशासनको कमान्ड प्रदेश प्रमुखको हातमा नहुँदा संघीयताको मर्म नै विवादित भएको बताए ।

प्रदेश २ मा शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार भए पनि यो प्रदेश मुलुकै दोस्रो सबभन्दा गरीब प्रदेश बनाइएको उनको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed