Breaking News.... EverestOnlineKhabar
August 10, 2026

सन् २०२० मा अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकप क्रिकेटमा १६ राष्ट्र रहने

Loading

एजेन्सी । सन् २०२० मा अष्ट्रेलियामा हुने ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा १६ राष्ट्र रहने अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जानकारी दिएको छ । आईसीसीले सोमबार प्रेस विज्ञप्ति जारी गरी यो जानकारी गराएको हो ।

आईसीसीका अनुसार २०१८ को डिसेम्बरसम्म आईसीसीको टि–ट्वान्टी र्याङकिङको टप टेनमा पर्ने राष्ट्र विश्वकपका लागि स्वतः छनोट हुने छन् । बाँकी ६ राष्ट्रको टुंगो भने विभिन्न छनोटबाट हुने छ ।

विश्वकप खेल्ने बाँकी ६ राष्ट्रको टुंगो लगाउन आईसीसीले सन् २०१८ अन्त्यसम्म सम्पन्न हुनेगरी कुल ६१ राष्ट्रको सहभागिता रहने १२ रिजनल प्रतियोगिता गर्दै छ । रिजनल अन्तर्गत अफ्रिका र युरोपमा समान ३–३, अमेरिका र एसियामा समान २–२ र इष्ट एसिया प्यासिफिकमा २ वटा खेल हुनेछन ।

१२ रिजनल छनोटबाट २५ राष्ट्र अघिल्लो चरणमा पुग्ने छन् । त्यस्तै, सन् २०१९ मा २५ टिमहरूबीच फाइनल छनोट हुनेछ । यहाँबाट छनोट भएका ७ राष्ट्र विश्व कप छनोटमा प्रवेश गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed