Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

काठमाडौ । संघीय संसद् सचिवालयले फागुन २० गते संघीय संसदका सांसदहरुको शपथ ग्रहण गर्नेै तयारी गरेको छ । संसद् सचिवालयले सार्वजनिक गरेको सूचनामा फागुन २० गते शपथग्रहणको कार्यक्रम तय गरिएको छ ।

प्रतिनिधिसभाका जेष्ठ सदस्यले सांसदहरुलाई शपथ ग्रहण गराउने व्यवस्था छ । सांसदहरुलाई संसद् सचिवालयले राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्र्रमाणपत्रसहित आउन आग्रह गरेको छ ।

कुनै पनि सांसदले मातृभाषामा शपथ लिन चाहेमा पनि व्यवस्था गरेको सचिवालयले जनाएको छ । तर तीनदिनअघि नै मातृभाषामा अनुवाद गरी प्रतिसहित संसदका महासचिवलाई बुझाउनुपर्ने छ ।

सचिवालयले प्रतिनिधिसभाका सदस्यहरुलाई फागुन २० गते ४ बजे र राष्ट्रियसभाका लागि ५ बजे समय तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed