Breaking News.... EverestOnlineKhabar
August 13, 2026

राष्ट्रपति भण्डारी विवादमा, राष्ट्रपतिबिरुद्ध आन्दोलन गर्ने कांग्रेसको चेतावनी

Loading

काठमाडौ । राष्ट्रपति बिद्या भण्डारी आफना पछिल्लो गतिविधिका कारण विवादमा पर्नुभएको छ । राष्ट्रपति सबैको साझा भएपनि उहाँले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै कांग्रेस र उसका भ्रातृ संगठनले आन्दोलनको चेतावनी दिएका छन ।

संविधान विपरित सरकारपिच्छे फरक–फरक व्यवहार गरेर राष्ट्रपति भण्डारी सक्रिय भूमिकातर्फ उन्मुख भएको कांग्रेसको आरोप छ । राष्ट्रपतिको व्यवहार निष्पक्ष नभएको भन्दै कांग्रेसले आफना सबै भ्रातृ संगठनलाई सडकमा उतार्ने तयारी गरेको छ ।नेबिसंघले राजधानीमा राष्ट्रपतिबिरुद्ध प्रदर्शन सुरु गरिसकेको छ ।

नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी, तेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल दलित संघका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, नेपाल ट्रेड यूनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल र नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले बुधबार संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रपतिबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन ।

६ वटै भ्रातृ संगठनहरुले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिहरुको नाम राष्ट्रपति कार्यालयले स्वीकृत नगरे राजनीतिक र कानुनी लडाइँ लड्ने चेतावनी दिए ।

पत्रकार सम्मेलनमा महिला संघकी अध्यक्ष रेग्मीले संविधानविपरीत गएर राष्ट्रपति भण्डारीले पूर्ववर्ती सरकारको निर्णय खारेज गरेर सक्रिय भूमिकातर्फ उन्मुख भएको दावी गरिन् । उनले राष्ट्रपति कार्यालयले राष्ट्रियसभा सदस्य मनोनयनका लागि गरिएको निर्णय फिर्ता लिनुपर्ने माग गरिन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष महरले राष्ट्रपतिको पछिल्लो कदमले नेपालमा कम्युनिष्ट शासनको सुरुवात भइसकेको आभाष दिलाएको बताए । राष्ट्रपतिले जनतासँग माफी मागेर राष्ट्रियसभा सदस्य मनोनयनका लागि गरेको निर्णय सच्याउनुपर्ने माग गर्दै अध्यक्ष महरले निर्णय नसच्याइए हरेक किसिमका आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिए ।

तरुण दलका अध्यक्ष बस्नेतले चुनावअघि कांग्रेसले भनेझैं मुलुकमा कम्युनिष्ट पार्टीहरुले अधिनायकवादको झल्को दिइसकेको दावी गरे । राष्ट्रपति भण्डारीको पछिल्लो कदम विरुद्ध कांग्रेसले कानुनी लडाइँ लड्ने र भ्रातृ संगठनहरुले सडक संघर्ष गर्ने अध्यक्ष बस्नेतको भनाइ थियो ।

ट्रेड यूनियन कांग्रेसका अध्यक्ष दाहालले राष्ट्रिपति भण्डारीको पछिल्लो कदमको निन्दा गर्दै निर्णय सच्चिनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed