Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि ७ बुँदे आधारपत्र सार्वजनिक भएपछि यसबारे बिभिन्न टीका टिप्पणी हुन थालेका छन । कतिपयले यसलाई बाम एकताका लागि कोशेढुंगा भएको भन्दै स्वागत गरेका छन भने कतिपयले आलोचनात्मक टिप्पणी गरिरहेका छन ।

नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माले सहमतिप्रति रमाइलो टिप्पणी गरेका छन । उनले यो सहमति समाजवादी क्रान्तिका लागि ऐतिहासिक कोशेढुंगा भएको बताउँदै केही बुँदा अस्पष्ट र गोलमटोल भएको भन्दै प्रश्न समेत उठाएका छन ।
समाजिक संजाल फेसबुकमा स्ट्याटस पोष्ट गर्दै नेता शर्माले सहमतिको बुँदा नम्बर ६ प्रति घुमाउरो ढंगले असन्तुष्टि जनाएका छन । उनको स्ट्याटस यस्तो छ


नेता शर्र्माले बुँदा नम्बर ६ मा उल्लेख भएको ‘प्राप्त उपलब्धीको रक्षा र विकास गर्दै . .. ’ भन्ने वाक्यांशमा ‘जनयुद्ध र जनआन्दोलन’ भन्ने शब्द राख्न कन्जुस्याईं गरेको टिप्पणी गरेका छन । सो वाक्य ‘जनयुद्ध र जनआन्दोलन’ बाट प्राप्त उपलब्धीको रक्षा र विकास गर्दै भनेर सुरु हुनुपर्ने उनको राय छ । यो बिषय परिमार्जित रुपमा आगामी प्रतिवेदनमा आउने आशा समेत उनले गरेका छन ।

नेता शर्माले सहमतिको बुँदा नम्बर ४ मा स्पष्ट भैसकेको एमालेको ‘ जनताको बहुदलिय जनवाद’ र नेकपा माओवादी केन्द्रको ‘माओवाद र एक्काइसौं शताब्दीमा जनवाद’ को बिषय बुँदा नम्बर ३ मा ब्याख्या गर्न आवश्यक नभएको समेत एभरेष्ट अनलाइनखबरलाई बताए । उनले भने–‘यो त गोलमटोल भयो, ४ नम्बरमा स्पष्ट भैसकेको बिषय ३ नम्बरमा ब्याख्या गर्न के जरुरी थियो ? ’
सहमति पत्रमा मुख्य नेतृत्वको परिभाषा छुटाउनुको कारण आफूले नबुझेको नेता शर्माले बताए ।

७ बुँदे सहमति पत्र यस्तो छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.