Breaking News.... EverestOnlineKhabar
August 11, 2026

निर्वाचन आयोगको भूमिकाप्रति प्रधानमन्त्रीको अझै असन्तुष्टि

Loading

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगले निर्वाचनका दौरान खेलेका केही भूमिकाप्रति आफनो असन्तुष्टि पोखेका छन । आयोगले निर्वाचन दिवसका अवसरमा कान्तिपथस्थित आफनै कार्यालयमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले निर्वाचनको परिणाम छर्लङ्ग भैसक्दा समेत परिणाम सार्वजनिक नगरी राजनीतिक प्रक्रिया रोकेकोमा असन्तुष्टि पोखेका हुन ।

राष्ट्रपति बिद्या भण्डारीसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले भने– ‘निर्वाचन आयोगले निर्वाचनका क्रममा देखा परेका विकृतिजन्य कुराहरु प्रति प्रकट भएका जनताका टिप्पणीहरु प्रति आगामी दिनमा ध्यान दिनु र सच्याउनु जरुरी छ।’

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगको कामकार्यप्रति असन्तुिष्ट व्यक्त गर्दै आएका थिए। यसअघि प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक नगरेको भन्दै उनले निर्वाचन आयोगको आलोचनासमेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने–‘ अन्तर्राष्ट्रियस्तरमा स्थापित निर्वाचनका मुल्य मान्यता अनुकुल स्वच्छ, स्वतन्त्र र विश्वनीय रुपमा निर्वाचनको व्यवस्थापन गर्नु निर्वाचन आयोगको प्रमुख चुनौती हो । ’

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले तीन तहको निर्वाचन सम्पन्न गरेकोमा भने धन्यवाद व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed