Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बुटबल,फागुन ।
प्रदेश नम्बर पाँचका सभामुख पूर्ण घर्तीलाई प्रदेशसभा नेतृत्वकर्ताको हिसाबले विधि र कानुन निर्माणका लागि महत्त्वपूर्ण अवसरसँगै चुनौती पनि थपिएको छ। विशेषगरी तत्कालीन‘जनसत्ता’का लिखतले निम्त्याएका विवाद समाधान उनका सामु पेचिलो मुद्दा बनेर खडा भएको छ। कारण, तत्कालीन जनसत्ताका हिरो (प्रमुख) उनै घर्ती हुन्।
आफ्नो नेतृत्वको तत्कालीन जनसत्ताले रजिष्ट्रेसन (पास) गरिदिएका जग्गासम्बन्धी विवाद अब प्रदेशसभा नेतृत्वकर्ताका रुपमा कसरी सल्ट्याउने भन्ने चुनौती उनकोे काँधमा आएको छ। प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेपछि उनी स्वयंले जग्गासम्बन्धी गरेको लिखत पासलाई प्रदेशसभााट कानुन निर्माण गरेर वैधता दिलाउने बताएका थिए। उनको चुनावी मूल अजेन्डा पनि‘जनसत्ताका लिखतले कानुनतः मान्यता पाउनेछन्’ भन्ने थियो।
सभामुख घर्ती जनसत्ताका लिखतलाई वैधानिकता दिनुपर्ने एक मात्रै समस्या समाधानको बाटो ठान्छन् । उनले भनेः‘तत्कालीन जनसत्ताका जग्गासम्बन्धी लिखत पासले मान्यता पाउनैपर्छ, यसका लागि प्रदेशसभा बैठकले उपयुक्त निर्णय लिनेछ, प्रदेशसभामा यो विषय उच्च प्राथमिकतामा रहनेछ।’
तत्कालीन अवस्थामा सहमतिमै जग्गा पास भइसकेकाले अलिहे पुनः बिक्रेताले बेचेको जग्गा आफ्नै दाबी गर्नुलाई‘ठगीका पराकाष्ठा’ बताउने उनी खरिदकर्तालाई न्याय दिलाउन कानुन अपरिहार्य भएको औंल्याउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.