![]()
कैलाली । प्रदेश ७ मा एमाले संसदीय दलको नेतामा बाजुराका प्रकाश शाह सर्वसम्मत चयन भएका छन् । तीन दिनसम्म चलेको एमाले प्रदेश कमिटि बैठकले वैकल्पिक केन्द्रिय सदस्य समेत रहेका शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।
एमाले उपाध्यक्ष तथा प्रदेश ७ का संयोजक भीम रावललाई नेता चयनको अधिकार दिने निर्णय गरेपछि सर्वसम्मतिको प्रयास भएको थियो । प्रदेश सभाका २४ सदस्य मध्ये आंकाक्षी प्रकाश शाह, दीर्घ सोडारी, तारा लामा तामांग र पठानसिंह बोहराबिच शनिबार बिहानसम्म सहमति हुन नसकेपछि मतदानद्वारा प्रक्रिया अघि बढाएको थियो ।
उमेद्वारी दर्ता गराएका सोडारी र तामांगले शाहलाई नै दलको नेतामा सहमति दिएपछि शाह सर्वसम्मत चुनिएका हुन् ।


