Breaking News.... EverestOnlineKhabar
August 11, 2026

नेपाल विश्वकप छनोटमाःउपाधिको लागि आज युएईविरुद्ध मैदान उत्रँदै

Loading

काठमाडौ,फागुन ।
नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को फाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको फाइनल खेल नेपाली समय अनुसार दिउसो १ः१५ मा सुरु हुनेछ । बिहिबार नै तेस्रो स्थानको लागि क्यानडा र नामिबिया तथा पाँचौ स्थानको लागि ओमान र केन्या प्रतिस्पर्धा गर्दै छन् ।
बुधबार भएको लिग चरणको अन्तिम खेलमा क्यानडालाई १ विकेटले पराजित गर्दै फाइनल पुगेको नेपालले उपाधिको लागि युएईसँग खेल्न लागेको हो । रोमान्चक खेलमा दशौं नम्बरमा ब्याटिङ्ग गर्न आएका करण केसीले विस्फोटक ब्याटिङ गरेपछि नेपालले उत्कृष्ट जित निकालेको थियो । करणले ३१ बलमा ३ चौका र ४ छक्कासहित ४२ रन जोड्दै नेपाललाई महत्वपूर्ण जित दिलाएका हुन् ।
डिभिजन टु को शिर्ष स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको नेपालले ५ खेलमा ४ जितसहित ८ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो । डिभिजन टु मा नेपालको यो सबैभदा राम्रो स्थान हो । तीनबर्षअघि नामिबियामै नेपाल चौथो स्थानमा रहेको थियो ।
यता, युएईले अन्तिम खेलमा आयोजक नामिबियालाई १९ रनले हराउदै नेपालसँगको भेट पक्का गरेको हो । युएईले ६ अंक जोडेर दोस्रो स्थानमा रहदै फाइनलमा नेपालसँगको फाइनल पक्का गरेको हो । क्यानडा र नामिबियासँग समान ६ – ६ अंक जोडेपनि युएई नेट रन रेटमा अघि रहदै फाइनलमा पुगेको हो । क्यानडा तेस्रो र नामिबिया चौथो हुँदै डिभिजन टु मै रहेका छन् । पुछारको दुई टोली ओमान र केन्या भने डिभिजन – ३ मा घटुवा भएका छन् ।
नेपाल र युएईबीचको फाइनल खेलपछि सन् २०१९ को एकदिवसीय विश्वकपको लागि आगामी मार्चमा जिम्बाबेमा हुने विश्वकप छनोटको समूह विभाजनको समेत टुङ्गो लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed