![]()
काठमाडौं । आइसीसी बिश्वकप लिग डिभिजन टु को आफनो अन्तिम खेलमा नेपालले क्यानडालाई आफनो नियन्त्रणमा लिइरहँदा एकजना क्यानेडी ब्याटसम्यान भने नेपालीका लागि टाउको दुखाइ बनेका थिए । खेलको प्रारम्भमै आएका श्रीमन्था विजयरत्ने नामका ती खेलाडीले नेपाली बलरलाई मात्र पिटेनन आफनो टिमको खस्किएको अवस्थासमेत राम्रोसंग सुधारे ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि क्यानडाले पहिले ब्याटिङ गरेको थियो । ओपनर श्रीमन्थाले १५२ बलको सामना गरी ८ चौकाको मद्दतले नटआउट १०३ रन बनाए । उनी पूरा २२४ मिनेट क्रिजमा जमे र नेपाली बलरको धुलाई गरे । आफनो टिमका अन्य खेलाडी एकपछि अर्को गर्दै आउट भैरहेकाबेला श्रीमन्थाले एकछेउ गजबले सम्हाले । टिमको कुल स्कोर १९५ हुँदा उनी एक्लैले १०३ रन बनाए ।
सन् १९८९ मा श्रीलंकाको कोलोम्बोमा जन्मेका विजेरत्नेले रीलंकाको यू १९ टोलीका लागि समेत खेलिसकेका छन्। उनले सन् २०१५ मा नेदरल्याण्ड विरुद्ध क्यानडाका लागि लिस्ट ए खेलमा डेब्य् गरेका थिए।


