Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका उच्च तहका ३१ कर्मचारीको सरुवा गरेका छन । उपकार्यकारी निर्देशक देखि सहायक स्तरसम्मका कर्मचारीको सरुवा भएको हो ।

प्राधिकरणको सबैभन्दा ठूलो संरचना रहेको बितरण तथा ग्राहक सेवा निर्देशनालयको जिम्मेवारी उपकार्यकारी निर्देशक हरराज न्यौपानले पाएका छन् । बितरण तथा ग्राहक सेवा निर्देशलनालयका उपकार्यकारी निर्देशक सुनीलकुमार ढुंगेललाई उत्पादन निर्देशनालयमा सरुवा गरिएको छ । ढुंगेल तिनै व्यक्ति हुन् जसले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्धा हालेका थिए ।

इन्जिनियरिङ निर्देशनालयमा उपकार्यकारी निर्देशक राजीव शर्मालाई लगिएको छ । निर्देशनालयमा रहेका र हालैमात्र उपकार्यकारी निर्देशकमा बढुवा भएका मोहनरत्न शाक्यलाई प्रसारण निर्देशनालयमा पदस्थापना गरी बुढीगण्डकी जलविद्युत आयोजनाको संयोजकको जिम्मेवारी दिएको छ । प्राधिकरणले सहायक कम्पनीको अनुगमन गर्न छुट्टै निर्देशनालयको स्थापना गरेको छ । निर्देशनालयको कार्यकारी निर्देशक रहने व्यवस्था गरी हालै मात्रै बढुवा भएका अनिल राजभण्डारीलाई जिम्मेवारी दिइएको छ ।

एनईए इन्जिनियरिङ कम्पनीमा पनि उपकार्यकारी निर्देशक खटाइएको छ । हालै मात्रै बढुवा भएका हितेन्द्रदेव शाक्यलाई आयोजना व्यवस्थापन निर्देशनालयमा पदस्थापना गरी कम्पनीमा खटाइएको हो । आयोजना व्इवस्थापन निर्देशनालयमा उपकार्यकारी निर्देशकको दरबन्दी रहेता पनि ११ तहकै निर्देशक मनोज शिलवाललाई नै यथावत राखिएको छ ।

विराटनगर क्षेत्रीय कार्यालयका निर्देशक बज्रभूषण चौधरीलाई बृहत्तर प्रसारण लाईन २२० केभीमा पदाधिकार कायम राखी प्रसारण निर्देशनालयको निमित्त उपकार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । हालैमात्रै उपकार्यकारी निर्देशकमा बढुवा भएका लेखनाथ कोइराला, शान्तिलक्ष्मी शाक्य र जनदिश्वरमान सिंहलाई क्रमश ः अर्थ, प्रशासन र योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयमा पदस्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.