![]()
धनगढी । प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले फागुन ४ गते भित्र मुख्यमन्त्री चयन गर्नसांसदहरुलाई आहृवान गरेका छन् ।
प्रमुख मल्लले फागुन ४ गते दिउँसो ११ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री दावी पेश गर्न प्रदेशसभाका सांसदलाई आहृवान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयकातर्फबाट मुख्यमन्त्री चयनका लागि आवश्यक बहुमत कुनै पार्टीको नपुगेकाले बहुमत सांसदको समर्थन लिएर मुख्यमन्त्री दावी गर्न आउन सांसदहरुलाई पत्र पठाइएको छ ।
प्रदेश नम्बर ७ मा ५३ सांसद रहेको नेकपा एमालेको २५ सिट र नेकपा माओवादी केन्द्रको १४ सिट रहेको छ । यी दुई दल मिल्दा सरकार गठनका लागि आवश्यक बहुमत पुग्दछ ।
दुई दलको सहमति अनुसार यस प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री पाएको छ । माओवादीका संसदीय दलको नेता त्रिलोचन भट्ट मुख्यमन्त्रीको दाबेदार हुन् ।


