Breaking News.... EverestOnlineKhabar
June 26, 2026

थप दुई चिनियाँ जहाज नेपाल आइपुगे तर पाइलट अभावले पार्किङमै रहने

Loading

काठमाडौ,फागुन ।
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चिनियाँ कम्पनीका दुइ जहाज मंगलबार भित्र्याएको छ। चीनबाट खरिद गरेर ल्याएको‘वाइ १२’ विमान मंगलबार त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको २ वटा पीएस–१२ ई विमान मंगलबार दिउँसो १ः४५ मा काठमाडौं आइपुगेको नेपाल वायुसेवा निगमले जनाएको छ । २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ मध्ये २ जहाज थपेको हो। तीमध्ये चारवटा जहाज यसअघि नै आइसकेका थिए। ६ वटामध्ये दुई वाई १२ र एमए ६० विमान चिनियाँ अनुदानका हुन्। बाँकी विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको हो।
हार्विन ग्रुपका यी विमानहरूले अन्तराष्ट्रिय मापदण्ड पूरा गरेका छन्। यी विमान चीनमा उत्पादन भएर विदेशतर्फ सबैभन्दा बढी परिमाणमा निर्यात हुने विमानमा पर्छन्।
मंगलबार काठमाडौं अवतरण गरेका विमानको नेपाली दर्ता नम्बर ९एन–एकयू र ९एन–एकभी रहेको छ। नेपालको दुर्गम क्षेत्रमा उडान गर्नका लागि विमान उपयुक्त रहेको निगमले जनाएको छ । हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता चालकसहित १९ सिट हो। दुई वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठवटा जहाज भएका छन्। नेपाल एयरलाइन्ससँग आन्तिरिक उडान गर्ने दुई जना मात्र पाइलट भएकाले यी चारवटै विमान एकै दिनमा उडान गर्न भने सकिने छैन।
जहाज थपिएपछि एयरलान्सले नयाँ गन्तव्यमा उडान गर्ने तयारी गरेको छ। चीनबाट एक प्रशिक्षकसहित दुईजना क्याप्टेनको टोली एक महिनापछि नेपाल आउने र त्यसपछि ती जहाजको उडान भरिने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए । निगमले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान गर्दै आएको छ।
सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले बोइङ नाइन एसिबी– ५७५ तथा एयरवस ए–३२० विमानबाट ८ गन्तव्यमा उडान गर्दै आएको छ। थप दुई वाइड बढी विमान आगामी वैशाखसम्म भित्रयाउँदैछ। त्यसपछि अन्य गन्तव्यमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.