Breaking News.... EverestOnlineKhabar
October 2, 2026

दक्षिण अफ्रिकामा राष्ट्रपति जुमा भ्रष्टाचारी भएको भन्दै राजीनामा माग

Loading

बीबीसी । दक्षिण अफ्रिकाका सञ्चारमाध्यमहरूले त्यहाँको सत्तारूढ दल अफ्रिकन नेश्नल कंग्रेसले राष्ट्रपति जेकोब जुमाको राजीनामा माग गरेका विवरणहरू बाहिर ल्याएका छन्।

अबेर बिहानीसम्म चलेको पार्टीको बैठकपछि कुनै आधिकारिक वक्तव्य भने दिइएको छैन। राष्ट्रपति जुमामाथि भ्रष्टाचारको आरोप लागेको छ। पार्टीको प्रमुखका रूपमा सिरिल रामापोसा गएको डिसेम्बरमा चुनिएपछि राजीनामाका लागि परेका दबावको जुमाले बेवास्ता गर्दै आएका छन्।

जुमाको भविष्यबारे छलफल गर्न एएनसीका १०० भन्दा वरिष्ठ नेताहरूले प्रिटोरियाको एउटा होटलमा १३ घण्टा बैठक गरेका थिए । बैठकपछि कसैले औपचारिक प्रतिक्रिया दिएनन्। तर स्थानीय सञ्चारमाध्यमले उक्त भेलाले जुमालाई राजीनामा दिन औपचारिक रूपमा आग्रह गरेको जनाएका छन्।

बैठकको बीचमै एएनसी नेता सिरिल रामापोसा नजिकै रहेको जुमाको निवासमा गएका थिए। उनले राष्ट्रपति जुमालाई पदबाट राजीनामा नदिए पार्टीले फिर्ता बोलाउने जानकारी दिएको बताइएको छ।

सैद्धान्तिक रुपमा जुमाले राजीनामा दिने माग अस्वीकार गर्न सक्छन्। तर त्यसो गर्दा उनले यसै महिनाको अन्त्यमा सदनमा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed