Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पार्टी एकतामाथि आशंका उठेपछि प्रचण्ड र ओलीको ‘वान टु वान’ वार्ता

Loading

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ‘वान टु वान’ वार्ता भएको छ ।
ललितपुरको एक घरमा भएको वार्तामा छिटो भन्दा छिटो पार्टी एकता टुंग्याउने बिषयमा कुराकानी भएको थियो । वार्ता सकारात्मक भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा केहीदिन अघि देशलाई आवश्यक परे नयाँ फड्को मार्नसक्ने बताएपछि नेपाली राजनीतिमा एक तरंग पैदा भएको थियो ।

चितवनमा बोलिएको सो बिषयपछि एमालेलाई बिषय चाँडो टुङ्याउन दबाब परेको बुझिएको छ । एमालेका केही नेताहरुले पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने बताउँदै आएका थिए । यही बेला माओवादी अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्ति आएपछि हलचल मच्चिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.