Breaking News.... EverestOnlineKhabar
June 26, 2026

जिएमआर कम्पनिको कार्यालयमा बम विष्फोटःविप्लव समूहले बिष्फोट गरेको प्रहरीको आशंका

Loading

सुर्खेत,माघ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको जिएमआर कम्पनिको कार्यालयमा शनिबार बम विष्फोट भएको छ । दैलेख र सुर्खेतको कार्यालयमा एकै पटक प्रेसर कुकर बम विष्फोट भएको क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी सुरेश विक्रम शाहले जानकारी दिए ।
राति १० बजेर ५ मिनेटमा दैलेखको कार्यालय र सुर्खेत स्थित विरेन्द्रनगर ८ मा रहेको जिएमआरको कार्यालयमा बम विष्फोट भएको हो । डिआइजी शाहका अनुसार कार्यालयको गार्ड बस्ने पर्खालमा जोडिएको कोठामा बम विष्फोट गरिहेको थियो । बम विष्फोटका कारण नजिकै रहेका दुई तीन घरको सिसा फुटेको छ ।
विगतमा पनि विप्लव माओवादीको समूहले बम विष्फोट गराइरहेकाले घटना विप्लव माओवादीले गरेको हुनसक्ने आशंका गरिएको डिआइजी शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.