Breaking News.... EverestOnlineKhabar
August 25, 2026

रौतहटको सन्तपुरमा निर्मित मुसहर बस्ती हेर्न घुँइचो

Loading

रौतहट । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा रौतहटको सन्तपुरमा निर्मित नमूना बस्ती हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ । मुसहर बस्ती २३ माघमा हस्तान्तरण गरिएपछि बस्ती हेर्नेहरुको भिड लागेको हो ।

बस्तीमा निर्माण भ्यु टावरबाट विभिन्न गाउँ तथा पहाडको अवलोकन गर्न सकिने भएपछि सर्वसाधारण दैनिक यहाँ आउने गरेका छन । उनीहरुले सबै घरको अवस्था र स्थानीयसंग नयाँ घर पाएपछिको अनुभवबारे कुराकानी पनि गर्ने गरेका छन ।

घर निर्माणकाक्रममा धुर्मुस सुन्तलीलाई करिब ६० लाख ऋण लागेको छ । ऋण लागे पनि आफूहरु खुशी भएको धुर्मुस बताउँछन ।
११५ दिनमा सुबिधा सम्पन्न ४७ वटा घर सहित विभिन्न पूर्वाधार बनाएर उनीहरुले घर हस्तान्तरण गरेका हुन । घर बनाउँदा ५ करोड ९४ लाख खर्च भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.