Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सिरियाको सेनाले इजरायलको लडाकु बिमान गोली हानी खसायो

Loading

बीबीसी । सिरियाले गोली हानेर एउटा इजरेली लडाकु विमान खसाएको छ । इजरायलको सेनाले आफनो लडाकु बिमान गोली हानी खसाइएको पुष्टि गरेको छ ।

उत्तरी इजरेलमा दुईजना पाइलटहरू विमानबाट हाम फाले र प्याराशुटको मद्दतले अवतरण गर्न सफल भए । जहाजमा गोली लागे पश्चात उनीहरुले हाम फालेका थिए । उनीहरूलाई अस्पताल र्पुयाइएको थियो ।

इजरेलका अनुसार एउटा इरानी ड्रोन आफ्नो भूमिमा प्रहार गरिएपछि एफ १६ नामक लडाकु विमानले आक्रमण गरिरहेको थियो । इजरेलले उक्त ड्रोनलाई रोकिदिएको थियो।

इजरेलले आक्रमण गरेपछि सिरियाले गोली हान्न शुरू गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इजरेली सेनाले एउटा विज्ञप्तिमा भनेको छ, “हाम्रो एउटा लडाकु विमानले सिरियाबाट प्रहार गरिएको एउटा इरानी ड्रोनलाई सफलतापूर्वक रोकिदियो।“

ड्रोनलाई छिट्टै पहिचान गरिएको र ’रोकुञ्जेल निगरानीमा भएको’ विज्ञप्तिमा उल्लेख छ । उक्त ड्रोन इजरेली भूमिमा पुगेको र ’आफूहरूको नियन्त्रणमा रहेको’ इजरेली प्रतिरक्षा बल (आइडीएफ) का एकजना प्रवक्ताले जनाएका छन् । जवाफस्वरूप सिरियामा रहेका इरानी अखडालाई आइडीएफले निशाना बनाएको र कारबाही सफलतापूर्वक सम्पन्न भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed