Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पार्टीको राष्ट्रिय भेला बोलाउन कांग्रेसका जिल्ला सभापतिहरुको माग

Loading

विराटनगर,माघ ।
नेपाली कांग्रेस प्रदेश नं १ का जिल्ला सभापतिहरुले राष्ट्रिय भेला बोलाउन माग गरेका छन् । प्रदेश एकका जिल्ला सभापतिहरुको बैठकले यस्तो निर्णय गर्दै सातबुँदे सुझाव पनि दिएको छ । नेपाल प्रेस युनियन मोरङले बुधबार बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश नं. १ कांग्रेसका १० जिल्ला सभापतिहरुले नेतृत्वसँग राष्ट्रिय भेलाको माग गरेका हुन् ।
जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाबाट प्राप्त हुने कार्यदिशा र विधानसम्वन्धि निश्कर्षलाई महासमिति वैठकमार्फत अन्तिम रुप दिनुपर्ने, वर्तमान सरकारले घोषणा गरेका जनमुखी कार्यक्रमको स्वागत, संगठन सुदृढीकरण र शुद्धीकरणका लागि एक केन्द्रीय सदस्यलाई एक जिल्लाको जिम्मेवारी प्रदान गर्नुपर्ने माग अघि सारेका छन् ।
बैठकमा प्रदेश नं १ का मोरङ्ग जिल्ला सभापति डिगवहादुर लिम्वु, भोजपुरका नन्दमणि राई, तेह्रथुमका गोविन्द ढुङ्गाना, झापाका उद्धव थापा, सुनसरीका राजीवकुमार कोइराला, ओखलढुङ्गाका प्रदीप सुनुवार, खोटाङ्गका नरेश श्रेष्ठ, ताप्लेजुङ्गका लीला वोखिम, सङखुवासभाका दिपनकुमार श्रेष्ठ र पाँचथरका जिल्ला सभापति नरेन्द्रकुमार केरुङ्गको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.