![]()
एजेन्सी । भारत अण्डर नाइन्टिन बिश्वकप क्रिकेट च्याम्पियन बनेको छ । न्युजिल्याण्डमा सम्पन्न फाइनलमा खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै भारतले उपाधि जितेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४७ दशमलव २ ओभरमा अलआउँदै हुँदै २१६ रन बनाएको थियो । भारतीय बलरसामु निरीह देखिएका अष्ट्रेलियाका ब्याटसम्यानले कुनैपनि समय खुलेर खेल्न सकेनन ।
अष्ट्रेलियाले ३२ रनमा पहिलो र ५९ रन जोड्दा तीन विकेट गुमाइसकेका थियो । मध्यक्रमका ब्याट्सम्यान जोनाथन मार्लोले पारी सम्हालेका थिए । उनले चौथो विकेटका लागि परम उपलसँग ७५ रनको साझेदारी गरे । मार्लोले ७६ रन बनाए ।
भारतका इशान पोरेल, शिवा सिंह, कमदेश नगरकोटी र आनुकूल रायले समान २/२ विकेट लिएका लिए ।
२१७ रनको लक्ष्य मैदानमा उत्रिएको भारतले मनजोत कालराको शतकको मदतमा मात्र ३८.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । पहिलो विकेटका लागि ओपनरद्वय पृथ्वी शाह र मनजोतले ७१ रनको साझेदारी गरे । कप्तान पृथ्वी २९ रनमा आउट भए । मनजोतले दोस्रो विकेटका लागि शुभम गिलसँग ६० रनको साझेदारी गरे । गिल व्यक्तिगत ३१ रनमा पभेलियन फर्किए । त्यसपछि आएका हार्भिक देसाइसँग मिलेर भारतलाई जित दिलाउने क्रममा मन्जोतले शतक पुरा गरे । उनी १०१ रनमा अविजित रहे भने देसाईले नटआउट ४७ रन जोडे ।
भारतको यो चौथो उपाधि हो ।


