Breaking News.... EverestOnlineKhabar
August 9, 2026

लमजुङको‘पानीघट्ट’ भारतको कोलकत्ता पुग्ने…..?

Loading

लमजुङ, माघ ।
लमजुङमा दोश्रो पटक‘थिएटर’मा नाटक‘‘पानीघट्ट’ मञ्चन हुने भएको छ । नाटक बिहीबारदेखि २० गते शनिबारसम्म जिल्ला समन्वय समितिको सभाहलमा मञ्चन हुने भएको हो । मञ्जरी नाट्य समूह लमजुङको आयोजना तथा जिल्ला समन्वय समिति लमजुङ र बेसीशहर नगरपालिको प्रर्बद्धनमा नाटक मञ्चन हुन लागेको हो । नाटक‘पानीघट्ट’मा लमजुङको ग्रामिण परिवेशको कथा समेटिएको नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले बताए । नाटकमा स्थानीय १८ कलाकारको अभिनय हेर्न पाईन्छ ।
यसैबीच, मौलिक परिवेश समेटिएको नाटक‘पानीघट्ट’ आउँदो फागुन १२ गते भारतको कोलकत्तामा हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन हुने लम्सालले जानकारी दिए । लम्सालले नाटक‘पानीघट्ट’को स्क्रिप्ट २०६४ सालमा लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed