![]()
एजेन्सी । भारतीय नायिका तमन्ना भाटियामाथि एक युवकले जुत्ता प्रहार गरेका छन् । चर्चित फिल्म बाहुबलीबाट चर्चामा आएकी दक्षिण भारतकी लोकप्रिय नायिका तमन्नालाई हैदरावादको हिमायतनगरमा आयोजित कार्यक्रममा एक ३१ बर्षीय करिमुल्लाह नाम गरेका युवाले जुत्ता प्रहार गरेका हुन् ।
ज्वेलरी सप उद्घाटन गर्न गएको बेला तमन्नमाथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रहार गर्ने करिमुल्लाहलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । ती युवकले तमन्नाले पछिल्लो समय निर्वाह गरेको भुमिकाले आफु निराश भएकाले जुत्ता हानेको बताएका छन ।
तमन्नाले हिन्दी, तेलगु, तमिल लगायतका फिल्ममा अभिनय गरेकी छिन् । अहिले उनी तेलुगु फिल्म ‘ना नुवे’ को सुटिङमा ब्यस्त छिन् । यही फिल्मको लागि भनेर उनले ट्याङ्गो डान्स पनि सिकेकी थिइन् ।


