Breaking News.... EverestOnlineKhabar
August 9, 2026

दिल्लीमा ८ महिनाकी बालिका बलात्कृत, २८ बर्षीय दाजु पक्राउ

Loading

बिबिसि । भारतको राजधानी दिल्लीमा ८ महिनाकी बालिकामाथि बलात्कार भएको छ । ८ महिनाकी बालिकामाथि नातामा उनका दाइ पर्ने २८ वर्षका व्यक्तिले बलात्कार गरेको आरोप छ ।

बालिकाको अवस्था गम्भीर रहेको र उनको दिल्लीकै अस्पतालमा उपचार भइरहेको छ । बालिकालाई आइतबार अस्पताल लगिएको हो । घटना आइतबारको भएपनि सोमबार मात्रै बाहिर आएको हो । प्रहरीले आरोपित व्यक्तिलाई पक्राउ गरेको छ ।

दिल्लीको महिला आयोगकी प्रमुख स्वाती कालिवालले बालिकाको अवस्था निकै डरलाग्दो रहेको बताएकी छन् । बालिकाको उपचारको क्रममा तीनघण्टा लामो उपचार गरिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि दिल्लीमा बिरोध चर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed