![]()
काठमाडौं । वाम गठबन्धनका नेताहरुले राष्ट्रियसभा निर्वाचनको मिति चाँडो तोक्न निर्वाचन आयोगसँग आग्रह गरेका छन ।
सोमबार दिउँसो दुई दलका नेताहरु राष्ट्रियसभा निर्वाचनको मिति तोक्न र प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक गर्न दवाव दिने उद्देश्यले आयोग पुगेका थिए ।
भेटमा राष्ट्रपतिले अध्यादेश जारी गरिसकेकाले राष्ट्रिय सभाको निर्वाचनको मिति चाँडो तोक्न माग गरिएको नेताहरुले जानकारी दिए । त्यसैगरी वाम गठबन्धनका नेताहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्नुपर्ने सुझाव पनि आयोगलाई दिएका थिए ।
आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले एमाले र माओवादी दुवै दलका मागबारे चाँडै निष्कर्षमा पुग्ने बताएका थिए ।
एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, माओवादी केन्द्रका कृष्णबहादुर महरा, वर्षमान पुनलगायतका नेताहरु आयोगमा पुगेका थिए ।


