![]()
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यावले संवैधानिक र कानुनी जटिलताका कारण तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन ।
परिणाम सार्वजनिक गर्न आयोग कार्यालय पुगेका बामगठवन्धनका युवा नेताहरुसंग कुरा गर्दै प्रमुख आयुक्त यादवले संविधान, कानुन, निर्वाचन नियमावली र निर्देशिका अनुसार तत्काल परिणाम सार्वजनिक गर्न सक्ने अवस्था नरहेको प्रष्टयाएका हुन् । उनले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने अडान पनि दोहो¥याएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त यादवले संघीय संसदमा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गराउने संवैधानिक प्रावधान रहेकाले पनि प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने कुरा बुझिदिन पनि सबैमा आग्रह गरे ।


