Breaking News.... EverestOnlineKhabar
June 24, 2026

एमाले–माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक अनिश्चित

Loading

काठमाडौ,पुस ।
चुनावलगत्तै पार्टी एकता गर्ने बताएका नेकपा एमाले र माओवादी केन्द्रको एजेण्डा तय नहुँदा पार्टी एकता संयोजन समितिको बैठक नै सकेको छैन । यही १२ गते बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको वान टु वान वार्तापछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइए पनि एजेण्डा तय नहुँदा बैठक बस्न नसकेको स्रोतले जनाएको छ ।
नेताहरूले भने बैठक बस्न नसकेको नभएर नबसेको बताएका दावी गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भनेः‘पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको होइन, नबसेको हो, दुवै पार्टीका अध्यक्षहरु एजेण्डा तय गर्न छलफलमा हुनुहुन्छ । एजेण्डा केपीजी र प्रचण्डजीले ल्याउने हो । एजेण्डा तय भइसकेपछि बैठक बस्छ ।’
एमालेका नेता इश्वर पोखरेलले भने निर्वाचन आयोगले मतरिणाम राष्ट्रपतिसमक्ष नबुझाउँदा पार्टी नयाँ सरकार बन्न नसकेको र पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको बताए । उनले भनेः‘ दुवै पार्टीभित्र आन्तरिक छलफल भइसक्यो, समय मिलाएर बैठक बस्छ । निर्वाचन आयोगले निर्वाचन परिणाम परिणाम राष्ट्रपतिसमक्ष नबुझाउँदा नयाँ सरकार गठन हुन र पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed