Breaking News.... EverestOnlineKhabar
April 19, 2026

अध्यादेशमा सहमतिट जुटाउन राष्ट्रपतिको प्रयास जारी, ओली र प्रचण्डसँग परामर्श

Loading

काठमाडौ,पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आज बिहान राजनीतिक परामर्श गरेकी छन् । परामर्शका लागि ओली र प्रचण्ड बिहीबार बिहान ९ बजे शितल निवास पुगेका थिए ।
राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् । त्यसैको निरन्तरतास्वरुप ओली र प्रचण्डसँग फेरि पनि परामर्श गरेको बताइएको छ ।
राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ । अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको छ ।
कांग्रेस र एमालेबीचको अडानले राजनीतिक गाँठो नफुकिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले भने मध्यमार्गी विकल्पको खोजीमा रहेको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed