Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौ,पुस ।
गएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मुख्य दलका उम्मेदवारको पनि जमानत जफत भएको छ। प्रतिनिधि तथा प्रदेशसभामा सबैभन्दा धेरै सिट जितेर ठूलो दल बनेको एमालेले पनि धेरैवटा क्षेत्रमा आफ्नो जमानत जोगाउन सकेन ।
निर्वाचन आयोगका अनुसार एमालेका उम्मेद्वारको रुपन्देही ४, रुपन्देही ४ क, महोत्तरी ३ ख मा जमानत जफत भएको छ । रुपन्देही ४ मा प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार ओमप्रकाश यादव, प्रदेशसभातर्फ रुपन्देही ४ क मा एमालेकै उम्मेदवार पल्लवी शुक्ल र महोत्तरी ३ ख मा विजयकुमार कर्णले जमानत जोगाउन सकेनन् । उनीहरु सबै माओवादीको समर्थनमा उम्मेदवार थिए ।
यसैगरी कांग्रेसका सकलदेव सुतिहारले सप्तरी क्षेत्रनम्बर २ मा, महानन्द प्रसाद यादवले सप्तरी २ ख मा र पवन साहले महोत्तरी ३ ख मा जमानत गुमाएका छन् ।
यसैगरी एमालेको समर्थनमा उम्मेदवारी दिएको माओवादीले धनुषा ३ मा, धनुषा ३ ख मा, महोत्तरी १ क मा र महोत्तरी २ मा र महोत्तरी २ ख मा जमानत गुमाएको छ । धनुषा ३ मा रामसिं यादव, धनुषा ३ ख मा कामेश्वरप्रसाद महतो, महोत्तरी १ क मा राजु खड्का, महोत्तरी २ मा कासिम नदाफ र महोत्तरी २ ख मा अजयकुमार यादवको जमानत जफत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed