Breaking News.... EverestOnlineKhabar
June 25, 2026

इपिएल क्रिकेटमा चितवन टाइगर्सको पहिलो जित, ललितपुर पेट्रियट्स ५ विकेटले पराजित

Loading

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले पहिलो जित निकालेको छ । ललितपुर पेट्रियट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले जित दर्ता गराएको हो ।

ललितपुरले दिएको १३१ रनको लक्ष्य चितवनले १९ ओभर २ बलमा मात्र ५ विकेटले पूरा गर्यो । चितवन अघिल्ला तीन खेलमा पराजित भएको थियो । यस्तै ललितपुरको यो लगातार तेस्रो हार हो ।

चितवनको जितमा कप्तान दिपेन्द्र सिहं एरीले ५५ तथा भारतीय खेलाडी प्रविन गुप्ताले नटआउट ५६ रन बनाए । ललितपुरका सन्नी पटेलले ३ तथा सन्दिप लामिछाने र ललित राजवंशीले समान १ – १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभरमा अलआउट हुँदै १३० रन बनाएको थियो । ललितपुरका जय किशन कोल्सावालाले ३१ तथा शंकर रानाले २७ रन जोडे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed