![]()
काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले अबको तीन साताभित्र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने दाबी गर्नुभएको छ ।
शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले ओलीको नेतृत्वमा तीन साताभित्र नयाँ सरकार गठन हुने बताउनु भएको हो ।
ओली नेतृत्वको सरकारले राष्ट्रियता बलियो बनाउने, सुशासन कायम गर्ने, राजनीतिक स्थिरता, प्रत्येक नेपालीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र तिव्र आर्थिक विकास हासिल गर्ने उहाँको दाबी छ ।
ज्ञवालीले ५ बर्ष भित्रमा नेपाललाई विकाशशील राष्ट्र बनाउने र आगामी दश बर्षभित्र प्रति व्यक्ति आम्दानी ५ हजार अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहने जानकारी दिनुभयो ।
राष्ट्रिय सभा गठन नभईकन नयाँ सरकार बन्नै सक्दैन भन्नु गलत र भ्रमको खेती भएको उहाँको टिप्पणी थियो ।


