![]()
गोरखा । गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ एनआरएनएले निर्माण गरिरहेको नमुना बस्ती निर्माण कार्य ३२ प्रतिशत पूरा भएको छ । करिब एक अर्बको लगानीमा पाँच सय ७३ घर पुननिर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
एनआरएनएका निवर्तमान अध्यक्ष शेष घलेले आफ्नै कार्यकालमा पुननिर्माण सिध्याएर गाउँलेलाई हस्तान्तरण गर्ने भनिए पनि विकट भूगोल, कामदार अभाव लगायतका कारणले काममा ढिलाई भएको हो । अहिलेसम्म पूर्ण रुपमा जम्मा २ वटा घर मात्रै पुनर्निर्माण भएका छन् । पुनर्निर्माणको अन्तिम चरणमा भने थुप्रै घरहरु रहेका छन ।
भूकम्पका कारण गाउँनै स्थानान्तरण गर्नुपर्ने भएपछि पाँचसय ७३ घर रहेको लाप्राकको पुननिर्माण गुप्सीपाखामा थालिएको हो ।


