Breaking News.... EverestOnlineKhabar
June 25, 2026

कांग्रेसका संस्थापक नेता भट्टराईको ९४औं जन्मजयन्ती, बाडेगाउँमा आयोजित कार्यक्रममा ओली प्रमुख अतिथी

Loading

ललितपुर । पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईकोे ९४औं जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । स्वर्गीय किसुनजीको जन्मोत्सवको अवसरमा शनिबार भट्टराई आश्रम बाडेगाउँ ललितपुरमा बिशेष कार्यक्रम आयोजना गरियो ।

कांग्रेसका संस्थापक नेता भट्टराईको सम्झनामा आयोजित बिशेष समारोहका प्रमुख अतिथी भने एमाले अध्यक्ष केपी ओली हुनुहुन्थ्यो । कांग्रेसका प्रकाशमान सिंह, रामहरी खतिवडा लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

किसुनजीको जन्मोत्सवमा एमालेका नेता प्रमुख अतिथी भएपछि कांग्रेस नेता तथा कार्यकर्तामा ठूलै मतभेद शुरु भएको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कार्यक्रममा उपस्थित नहुने भनेपछि आयोजकले ओलीलाई निमन्त्रणा गरेको बताइएको छ ।
नेपाली राजनीति इतिहासमा सन्त र निःस्वार्थी राजनीतिज्ञको रुपमा परिचित स्वर्गीय किसुनजीको सादगी जीवन शैली तथा निःस्वार्थी राजनीतिलाई सबैले प्रशंसा गर्ने गर्दछन् ।

भट्टराईले आफू प्रधानमन्त्री भएका बेला आफ्नो सम्पत्तिको रुपमा पूरानो बाकस र सुराही मात्रै लिएर प्रधानमन्त्री निबासबाट बाहिरीएको चर्चा अहिले पनि हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed