Breaking News.... EverestOnlineKhabar
June 25, 2026

जनमत शीरोधार्य गरी कांग्रेस प्रतिपक्षमा बस्छ, राष्ट्रपतिले अध्यादेश जारी नगर्नु दुःखद : सिंह

Loading

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रियसभा गठनका लागि एकल संक्रमणीय प्रणाली नै उपयुक्त भएको बताउनु भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २९ ले डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा बोल्दै नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि एकल संक्रमणीय प्रणाली आवश्यक रहेकाले कांग्रेस आफनो अडानबाट कुनै हालतमा पछी नहट्ने स्पष्ट पार्नुभयो ।

नेता सिंहले राष्ट्रपतिले राष्ट्रियसभाको गठन गर्न अध्यादेश स्वीकृत गर्न ढिलाइ गरेकोमा दुःख समेत प्रकट गर्नुभयो । उहाँले जनताको जनमतलाई शीरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो ।

नेता सिंहले पार्टीको कमजोर नतिजाबारे पार्टी्भित्र गम्भीर छलफल गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed