Breaking News.... EverestOnlineKhabar
June 24, 2026

यौनकाण्डमा दोषी प्रमाणित भएपछि बेलायती उपप्रधानमन्त्रीद्वारा पदबाट राजीनामा

Loading

बिबिसि । बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिन यौन काण्डमा दोषी प्रमाणित भएपछि पदबाट राजीनामा दिन बाध्य भएका छन । यौन दुर्व्यवहार गरेको भनी गरिएको छानबिनमा डेमियन दोषी देखिएका थिए ।

बेलायतकी प्रधानमन्त्री टेरेसा मेका निकटस्थ मानिने उपप्रधानमन्त्री डेमियनले राजीनामापछि फेरि अर्काे एउटा दुर्घटना निम्तिने विश्लेषण गर्न थालिएको छ । उनलाई आचारसंहिता उल्लंघन गरेको भन्दै केही वर्षदेखि अनुसन्धान गरिएको थियो । उनलाई उक्त अनुसन्धानले दोषी ठहर गर्दै बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो ।

डेमियनले आफ्नो राजनीतिक दलका एकजना सहकर्मी महिलालाई दुर्व्यवहार गरेको र अश्लील दृश्यहरू कम्प्युटरमा पठाएको आरोप लागेको थियो । सन् २००८ मा भएको भनिएको यस घटनामा उनीमाथि अनुसन्धान भएको थियो ।

उनको कार्यालयको कम्प्युटरमा पाइएका यस्ता अश्लील सामग्रीबाट नै उनी दोषी प्रमाणित भएका थिए । अश्लील सामग्रीका अतिरिक्त उनले आफ्नै दल कन्जरभेटिभकी एक महिलालाई दुर्व्यवहार गरेको दाबी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed