Breaking News.... EverestOnlineKhabar
June 24, 2026

अमेरिकाको विपक्षमा उभिने देशहरुविरुद्ध आर्थिक सहायता रोक्ने ट्रम्पको चेतावनी

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरु विरुद्ध आर्थिक सहायता रोक्का गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रसंघको महसभाका सदस्यहरुले बिहीवार जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने ट्रम्पको निर्णयलाई आलोचना गरेको एउटा प्रस्तावमाथि मतदान गर्दैछन् । अरब र मुस्लिम देशहरुको माग बमोजिम १ सय ९३ सदस्यीय महासभाको आपतकालिन सत्र बिहीवार डाकिएको छ ।

यसअघि राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले मस्यौदा प्रस्तावलाई समर्थन गर्नेहरुको नाम राष्ट्रपति ट्रम्पलाई उपलब्ध गराउने चेतावनी दिएकी थिइन् ।

राष्ट्रपति ट्रम्पले यदि संयुक्त राज्य अमेरिकाको विपक्षमा विभिन्न देशहरुले मतदान गरे भने त्यसलाई आफूले वेवास्ता गर्ने बताए ।
आफ्नो प्रशासनको विपक्षमा उभिने देशहरुलाई सहायता रोक्ने खुल्ला चेतावनी दिने क्रममा उनले वाशिङटनको ठूलो परिमाणको रकम जोगिने उल्लेख गरेका थिए । यसअघि राष्ट्रसंघका लागि अमेरिकी राजदूत हेलीले आफूहरुले सहयोग उपलब्ध गराइरहेका देशहरु अमेरिकाको विपक्षमा उभिने अपेक्षा आफूले नगरेको बताएकी थिइन् ।

इरानका विदेशमन्त्रीले ट्रम्पको प्रतिक्रियाले उनले लोकतन्त्रको अवहेलना गरेको प्रष्ट पारेको प्रतिक्रिया दिएका छन् । मस्यौदा प्रस्तावले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने ट्रम्पको निर्णय उल्ट्याउन माग गरेको छ । महासभामा ‘भिटो’ अर्थात विशेषाधिकार प्रयोग गर्न नपाइने भएकाले त्यो सहजै पारित हुने ठानिएको छ ।

अमेरिकाले भिटो प्रयोग गरेकाले राष्ट्रसंघको सुरक्षा परिषद्मा प्रस्तुत यस्तै खालको प्रयास विफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed