![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा पृथ्वीनारायण शाहपछि ठूलो संघर्षको नेतृत्व आफूले गरेको दाबी गरेका छन ।
देशभक्त गणतान्त्रिक मोर्चाले आफनो सम्मानमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘ पृथ्वीनारायण शाहपछि ठूलो संघर्षको नेतृत्व मैले गर्ने अवसर प्राप्त गरे, यो अवसर बिरलै नेताहरुले प्राप्त गर्छन् । यो अवसर दिने जनतालाई म धन्यवाद दिन चाहान्छु ।’
अध्यक्ष दाहालले आधुनिक नेपालमा सबैभन्दा ठूलो संघर्षको नेतृत्व गर्ने जिम्मेवारी आफुले पाएको स्पष्ट पार्दै शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण र समृद्ध नेपालको नेतृत्व समेत आफुले गर्ने अवसर प्राप्त गरेको धारणा राखे ।
जनताले वाम गठबन्धनको एजेण्डा अनुमोदन गरेकाले अब वाम गठबन्धनको जिम्मेवारी पनि बढेको उनले स्पष्ट पारे । माओवादी र एमालेसँगै अन्य दलहरुले पनि राजनीतिक स्थायित्वका लागि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।


