Breaking News.... EverestOnlineKhabar
June 24, 2026

ठूला औद्योगिक प्रतिष्ठानमा दैनिक ३ घण्टा बिद्यूत कटौतीको तयारी

Loading

काठमाडौं । सुख्खायाम लागेसंगै नेपाल विद्युत् प्राधिकरणले ठूला औद्योगिक प्रतिष्ठानमा दैनिक तीन घण्टा बिद्यूत कटौती गर्ने तयारी गरेको छ ।

पुसदेखि चैतसम्म विद्युत्को बढी माग हुने र मागअनुसार उपलब्ध गराउन नसकिने भएपछि ठूला उद्योगमा बिद्यूत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

सुख्खा याममा मुलुकमा करिब १३ सय ८० मेगावाट विद्युत् आवश्यकता छ । तर, मुलुकका जलविद्युत् आयोजनाबाट जलप्रवाह घट्दै जाने भएकाले उत्पादन घट्दै गएको प्राधिकरणको भनाइ छ ।

‘‘प्राधिकरणसँग ४२० मेगावट विद्युत् उपलब्ध छ निजी क्षेत्रले १६० मेगावाट उत्पादन गर्छ । अहिले भारतबाट ३९२ मेगावाट विद्युत् आयात भइरहेको छ । त्यसलाई बढाएर ४७० मेगावाटसम्म पुर्याउने पहल भैरहेको छ । ’’ प्राधिकरणको भनाइ छ ।

सुख्खा समयमा बढी मात्रामा बेलुका ६ देखि ९ बजेसम्म र बिहान ६ देखि ९ बजेसम्म विद्युत् खपत हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed