Breaking News.... EverestOnlineKhabar
June 25, 2026

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा चैत ८ गतेबाट

Loading

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ८ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली विषयको परीक्षा सञ्चालन हुने भएको छ ।
चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्धितिय विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

बोर्डले संस्कृत तथा प्राविधिक धारका विषयहरुको परीक्षा पनि चैत आठ गतेदेखि २० गतेसम्ममा सम्पन्न गर्नेगरी तालिका सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed