Breaking News.... EverestOnlineKhabar
June 25, 2026

यी हुन् कांग्रेसबाट समानुपातिकमा पर्ने सम्भावना भएका अनुहार…..

Loading

काठमाडौ,पौष ।
प्रतिनिधिसभामा २३ सिट मात्रै प्राप्त गरेको नेपाली कांग्रेस समानुपातिक निर्वाचनमा भने दोस्रो दल हुन सफल भयो। कुल ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको कांग्रेसले करिब ४० सिट पाउने देखिन्छ। समानुपातिक तर्फका ११० मध्ये उसले पाउनुपर्ने सिटमा आधाभन्दा धेरै महिलालाई छुट्याउनुपर्नेछ।
२१ जना महिला सांसदका लागि सिफारिस गर्नुपर्ने यो आँकडाले देखाउँछ। त्यसैगरी विभिन्न क्लस्टरमा गरी कांग्रेसले पुरुष १९ जना पाउने भएको छ। प्रत्यक्षतर्फ चर्चित तथा हेभीवेट नेताहरु पराजित भए पनि केही नेताहरु समानुपातिक सूचीमा अटाएका थिए।
उद्योगीहरु विनोदकुमार चौधरी, सूर्यबहादुर केसी, उमेश श्रेष्ठ तथा चर्चित नेताहरु बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा, किशोरसिंह राठौर समानुपातिक सूचीमा छन्। त्यस्तै जिपछिरिङ लामा, बहादुरसिंह लामा पनि सूचीमा अटाइए। महिलातर्फ पनि यस पटक कोषाध्यक्ष सीता यादव, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्व शिक्षामन्त्री चित्रलेखा यादव, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे,बालकृष्ण खाँडकी श्रीमती मञ्जु खाँड, कल्याणी रिजाल, खुमबहादुर खड्काकी श्रीमती शिला शर्मा खड्का सूचीमा छन्। उनीहरुले समानुपातिकबाट यस पटक सांसद हुने अवसर पाउने देखिएको छ।
समानुपातिक सूचीका चर्चित नाम
बालकृष्ण खाँड
मीनबहादुर विश्वकर्मा
दिलेन्द्रप्रसाद बडु
किशोरसिंह राठौर
सूर्यबहादुर केसी
अतहर कमाल मुसलमान
वसन्त भट्टराई
उमेश श्रेष्ठ
जिपछिरिङ लामा
कर्मा घले
आनन्दराज मुल्मी
बहादुरसिंह लामा
पदमनारायाण चौधरी
सम्भुहजारा दुसाद
विनोदकुमार चौधरी
स्मृति नारायण चौधरी
प्रेमबहादुर खड्का
महिलातर्फ
सीतादेवि यादव
चित्रलेखा यादव
सुजाता कोइराला
पुष्पा भुसाल
डिला संग्रौला
मीना पाण्डे
मञ्जु खाँड
कल्याणी रिजाल
शिला शर्मा खड्का
पार्वती डिसी चौधरी
सुजाता परियार
प्रमिला राई
मिनाक्षी झा
जमिला खा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed