Breaking News.... EverestOnlineKhabar
June 25, 2026

सरकार गठनका लागि मार्ग प्रशस्त गर्न बामगठबन्धनको आग्रह, कांग्रेसले जनमतको अवमूल्यन गरेको आरोप

Loading

काठमाडौं । राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशका बिषयमा बहस भैरहेकाबेला बामगठवन्धनले कुनैपनि बाहनाबाजी नगरी सरकार गठनको बाटो खोल्न आग्रह गरेको छ ।

गठबन्धनका नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम लगायतका नेताहरुले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका हुन ।

गठबन्धनले प्राप्त नयाँ जनादेशलाई सम्मान गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आग्रह गरेको हो । सरकार गठनका विषयमा प्रधानमन्त्री र नेपाली कांग्रेसले संविधानको गलत व्याख्या गरिरहेको गठबन्धनको आरोप छ ।

पत्रकार सम्मेलनका बोल्दै नेताहरुले प्रधानमन्त्री र नेपाली कांग्रेसले जनमतको अवमूल्यन गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed