Breaking News.... EverestOnlineKhabar
June 25, 2026

समानुपातिकको मत गणना आज सकिँदैःतर सांसदको नाम टुंगो लाग्न अझै दुई हप्ता लाग्ने

Loading

काठमाडौ,पौष ।
प्रतिनिधिसभामा समानुपातिकबाट चुनिने सांसदको नाम टुंगो लाग्न दुई हप्ता लाग्ने भएको छ । समानुपातिकतर्फको मतगणना आइतबार (आज) सकिने भए पनि त्यसपछिका प्रक्रिया पूरा गर्न दुई हप्ता लाग्ने भएको हो । दुई तीन दिनमा सबै क्षेत्रबाट मतदान अधिकृतले मतको सनाखत गरी लिखित विवरण पठाइसकेपछि सम्बन्धित दललाई उनीहरुले पाएको सिट संख्या तोकी नाम टुंगो लगाउन दललाई १ हप्ता जतिको समय दिएर पत्र पठाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । यी सबै प्रक्रिया पूरा गरेपछि मात्र समानुपातिक तर्फबाट सांसद चुनिनेहरुको नाम टुंगो लाग्ने ढकालले जानकारी दिए ।
समानुपातिकतर्फको गणना आइतबार सकिने आयोगले जनाएको छ । अब १ लाखभन्दा पनि कम मात्र मत गन्न बाँकी छ । अहिलेसम्म एमालेको अग्रता कायमै छ । मतगणनाको अन्तिम परिणाम आइनसकेपनि ५ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने र प्रतिनिधिसभामा पनि तीनै ५ दलबाट मात्र सांसद बन्ने निश्चित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed