Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अस्ट्रेलियाका कप्तान स्मिथद्वारा लगातार चौथो वर्ष टेस्ट क्रिकेटमा एक हजार रन पूरा

Loading

एजेन्सी । अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले लगातार चौथो वर्ष टेस्ट क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।
जारी एसेस शृंखलाअन्तर्गत तेस्रो टेस्टको पहिलो पालीमा स्मिथ दुई सय २९ रनमा अविजित छन् । अस्ट्रेलियाले चार विकेट गुमाएर पाँच सय ४९ रन जोडेको छ । मिचेल मार्स पनि एक सय ८१ रनमा अविजित छन् ।

मार्स र स्मिथबीच पाँचौं विकेटका लागि दुइ सयभन्दा बढी रनको साझेदारी भएको छ । २९ वर्षिय स्मिथभन्दा म्याथ्यु हेडेन मात्र छन् जसले टेस्ट क्रिकेटमा लगातार पाँच वर्ष टेस्ट क्रिकेटमा कम्तिमा एक हजार रन बनाएका छन् ।

टेस्ट क्रिकेटमा वेस्ट इन्डिजका ब्रायन लाराले पनि लगातार तीन वर्ष एक हजार रन पुरा गरेका थिए । स्वयम् हेडेनले स्मिथ ठुला खेलाडी भएको स्विकार गर्दै आफ्नो कीर्तिमान तोडिन सक्ने बताएका छन् । स्मिथले टेस्ट क्रिकेटमा ५९ खेल खेल्दै २२ सतक र २१ अर्धसतक बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed