Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्ब्याउख खोजेको आरोप लगाएका छन ।
भक्तपुर बालकोटस्थित आफनै निवासमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष ओलीले कानूनको खोंचे थापेर प्रधानमन्त्री देउवाले राजीनामा गर्न ढिलाई गरेकोमा असन्तुष्टि जनाएका हुन ।

ओलीले भने,‘अब तत्काल सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनुपर्छ, त्यसको विकल्प छैन, बाधा, अडचन पैदा गरेर खोचे थापेर सरकारको आयु लम्ब्याउनु खोज्नु भनेको सत्ता लिप्सा हो, यसबाट देउवा मुक्त हुनुपर्छ ।’

‘ हारेपछि पनि सरकारमा बसिरहन खोज्ने ? हारेपछि पनि आफ्ना मान्छे बढि हुनुपर्छ भन्ने, हारेपछि त्यो परिणाम रिफ्लेक्ट नहुने, आग्रहरु रिफ्लेक्ट हुने, संविधानले कहाँ एकल संक्रमणीय भनेर हाम्रा निर्वाचन प्रणालीमा कहाँनिर भनेको छ ? बहुमत ल्याउने निर्वाचित हुने एउटा छ, समावेशी सिद्धान्तका आधारमा समानुपातिक प्रणालीबाट जाने अर्को छ, अनि एकल संक्रमणीय कहाँ छ संविधानमा ?’ ओलीले भने ।

कांग्रेसप्रति आक्रोशित देखिएका ओलीले अघि भने, ‘नेपाली कांग्रेसले हारेपनि सरकार चलाउन खोजेको हो भने, त्यो बाटो उसले स्पष्ट लिएहुन्छ, त्यसो भएपछि हाम्रो धारणा के छ भने समानुपातिकको मतपरिणाम आईसकेपछि ७ दिनभित्रमा संवैधानिक व्यवस्था अनुरुप निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पठाउनुपर्छ, र त्यो परिणाम आएपछि असान्दार्भिक कुराहरु झिकेर बखेडा झिकेर, सरकार बनाउन र बन्न नदिने कुरा, देशलाई अल्झाएर जाने कुरा नेकपा एमालेलाई मान्य हुन सक्दैन र छैन ।’

उनले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरेका छन् । सरकार गठनको लागि राष्ट्रिय सभा पर्खिनुपर्ने कुरै नभएको उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed