Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

एजेन्सी,मंसिर ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक युनाइ एम्रीको घरमा चोरी भएको छ । पेरिसमा रहेको पिएसजी प्रशिक्षकको घरमा स्थानीय समय अनुसार बिहीबार बिहान चोरी भएको हो । चोरले पिएसजीका स्टार स्ट्राइकर नेइमारका केही जर्सी पनि लगेका छन् ।
स्पेनिस पत्रिका मार्काका अनुसार एम्रीको घरबाट २० हजार युरो बराबरको सामान चोरी भएको छ ।चोरले नेइमारको जर्सीसँगै रोलेक्स घटी, गहना, डिजाइनर कपडा, दुईवटा च्यानल ब्यागसहितका सामान पनि लगेको एम्रीले बताएका छन् । पेरिसको सिक्सटिनथ् डिस्ट्रिकमा रहेको एम्रीको घरमा भएको चोरीका बारेमा अनुसन्धान भइरहेको र चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । चोरी भएका बेला घरको ढोका बन्द रहेको तर चाबी भने लगाइएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed